Thursday 24 December 2015

0 comments
फोटोबाल प्रधानमन्त्री




देशले २०४६ सालमा आधुनिक राजनिती र स्वतन्त्र समृध्दी र खुला बिश्वलाइ आत्मसात गर्ने हेतु विशाल जन-मानस आफ्ना बलिदान दिइ बहुदलीय व्यवस्थाको माग गरे । खुला विश्व र बिकसित बिश्वमा आफ्नो दरिलो पाइला स्थापित गर्नको निम्ति पनि पुर्ण प्रजातन्त्र  देशलाइ आबष्यक्ता थियो । बि.स २०४६ सालमा ७३ भन्दा बढी सपुतहरुले सपनाको प्रजातन्त्र र भविष्यको सन्ततीको लागि  समृध्द समाजको निम्ति हासी-हासी आफ्नो ज्यानको आहुती दिए । सबै आशा र भरोशा सहित आफ्नो सपनाको समृध्दी आफू पछिका मुखौटे नेताहरुलाइ  जिम्मा लगाए ।
नेताका सपना झै भाषण र समृध्द नेपालका सपनाहरू नेताहरुले घरमा पकाएका भात झै सबैका थाल पस्किन थाले । बि.स २०४७ नेपालको पहिलो आधुनिक संविधान निर्माण भयो त्यो सगै खुसियाली छायो ।
तर जनता भेडा झै भए । २१ वटा जलविद्युत आयोजना बन्न पर्ने ठाउमा देशले २१ भन्दा बढी प्रधानमन्त्री पाए ।
२७ वर्षे पुर्ण प्रजातन्त्र उपलब्धी भनेको यहि नै फोटोवाल प्रधानमन्त्री हरु भए । ईतिहास साछी छ , नेपालीहरु कहिले नि लाइन बस्न लाज मानेन कहिले पेट्रोलको लाइन, कहिले बिदेश जानेको लाइन कहिले दाउरा लिनेको लाइन सबैमा अगाडी नै छौ । आज नि प्रधानमन्त्री बन्नेको लाइन लैनचौरको मन्दिर सम्म पुगिसकेको छ । कृष्ण प्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला , मनमोहन अधिकारी , लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा, शेर बहादुर देउवा , पुष्पकमल दाहाल , माधव कुमार नेपाल , झलनाथ खनाल , बाबुराम भट्टराई , खिलराज रेग्मी , सुशील कोइराला , केपि शर्मा ओलि
। देशमा यस्ता महान हस्ती हरु थिए र छन जसले आफ्नो कार्यकालमा माखो मार्न सकेन झन देशलाइ परनिर्भरता र देशका महत्त्वपूर्ण नदि नाला बिदेशी लाई जिम्मा लगाए । प्रधानमन्त्री बन्न लडे अनि त्यो सगै ठुल दाइ भन्दै दिल्लीमा गएर मोहोर रुपैय दाम चढाएर दर्शन भेट गर्ने परम्परा  सस्थागत भयो ।
आज बालुवाटारको कार्यलयमा प्रधानमन्त्रीको फोटो झुण्डयाउने ठाउको अभाव भयो रे ।।
हरेकले समृध्द बनाउछु । भन्नेले आफ्ना नाता गोतालाइ जिएम बनाउन नै व्यस्त भए । प्रशानिक क्षेत्रमा कार्यकर्ता भर्ती केन्द्र भए । अरु त के कुरा देशकै प्रमुख खुफिया एजेन्सीमा त खुलेआम राजनिती कार्यकर्ताको बोलवाला भएको बारे जासुसी सस्थाका प्रमुखले खुलेआम भनी सकेका छन ।
हे प्रधानमन्त्री तिमीले आफ्नो शासनकाल भरि जनताको निम्ति के गर्यौ । त्यो जनता जान्न चाहान्छ ।

तिमी झन्डा वाला गाडी र फोटो राख्न मात्र प्रधानमन्त्री भएको हौ । भने जनताले अब तिम्रो फोटो भित्ता बाट निकाल्ने छ । अनि तिम्रो मान-सम्मान र इज्जत कहाँ जाला ।
त्यसैले एउटा नियम बनाउन जरुरत छ । जुन प्रधानमन्त्रीले आफ्नो शासन काल अबधी भर १०० यस्ता काम जसले जनतालाइ प्रत्यक्ष फाइदा पुग्ने काम गरेको खण्डमा मात्र फोटो राख्ने व्यवस्था गरेमा
प्रधानमन्त्रीको लाइन कम हुनेछ ।

Saturday 5 May 2012

ओलीको ठट्टामै वित्छ, दलहरुको गम्भिर छलफल पनि

0 comments
२४ वैशाख, काठमाण्डौ । नयाँ संविधानमा राज्य पुन:संरचना र शासकीय स्वरूपका विषयमा सहमति जुटाउन द्यौ भएर विरक्त मुडमा अरू नेताहरू बैठक बसिरहेका हुन्छन् । तर, नेकपा एमालेका नेता केपी ओलीमा भने त्यस्तो विरक्ति देखिन्न । बरु उनी अरूलाई पनि हँसाउने गर्छन् । कुरा सुरु गरौँ गत साता सोमबार बसेको बैठकबाट जहाँ ओलीले निरास नेताहरूलाई मज्जैले हँसाए । अघिल्लै दिन एमालेका तर्फबाट १२ प्रदेशसम्मको विकल्पमा छलफल गर्ने प्रस्ताव आएको थियो । तर, ओली उपस्थित सो बैठकमा भने एमालेका तर्फबाट थोरै प्रदेश बनाउनुपर्ने अडान प्रस्तुत भएको थियो ।
ओलीले सामथ्र्यको ख्याल नगरी पहिचानको भावनामा डुबेर प्रदेशको संख्या बढाउँदा आउन सक्ने समस्याबारे बैठकमा रोचक व्यंग्य सुनाएका थिए । बैठक स्रोतका अनुसार शासकीय स्वरूप र राज्यको पुन:संरचनामा कुरा मिल्न नसकेपछि मतदानबाट टुंग्याउने भन्दै नेताहरू उठ्नै लागेका बेला ओलीले प्रदेशहरूमा मुख्यमन्त्रीलाई घोडाको व्यवस्था गर्ने निर्णय गर्नुपर्ने बताएका थिए । ‘थोरै प्रदेश बनाएर चल्न सक्नेगरी म्यानेज गरौँ भन्दा तपार्इंहरू मान्नुहुन्न, अब धेरै प्रेदश बनाउँ’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रेदशमा सडक नभए पनि मुख्यमन्त्री त चाहियो, राज्यमन्त्री पनि चाहिए, सांसदहरू त भइहाल्छन्,’ ओलीले व्यंग्य कसेर भने, ‘प्रदेशमा मोटर पुर्‍याउन सकिँदैन मुख्यमन्त्रीज्यूहरूलाई एक/एकवटा घोडाको व्यवस्था गरौँ, घोडाको टाउकामा राष्ट्रिय झन्डा राखेर घोडेटो बाटो कुद्ने बन्दोबस्त पनि मिलाऊँ ।’
ओलीले गाडी चल्ने सडक सुविधा भएका प्रेदशहरूमा प्रहरी र ट्राफिकले दिनभर केन्द्रीय र प्रादेशिक सरकारका मन्त्री र सांसदलाई सलाम गरेर दिन बिताउनुपर्ने भविष्यवाणी गरे । गाडी नचल्ने प्रदेशमा मुख्यमन्त्रीहरू घोडा, मन्त्रीहरू गधा चढेर हिँड्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका थिए । ‘सांसदको संख्या हजारभन्दा बढी हुन्छ, केन्द्रीय र प्रेदशका मन्त्री र सांसदको ताँती त ठूलै पो हुन्छ,’ ओलीले भने, ‘जनताले पनि राजनीतिबाहेक अरू काम गर्नु नपर्ने, सडक भएका ठाउँमा प्रहरीले पनि मन्त्री र सांसदलाई सलाम गर्न दिनभर निधारबाट हात तल झार्नु नपर्ने ।’ विकासको पूर्वाधार खडा गर्न नसकेका प्रदेशमा भने भेडीगोठलाई नै संसद् भवन बनाउनुपर्ने उनले बताएको आजको सौय दैनिकले खबर छापेको छ ।
जातीय र अन्य पहिचानको भावना भड्काएर प्रदेश बनाउने बाटोमा गए नागरिक गरिब हुँदै जाने र प्रदेश पनि गरिबका राज्य हुने उनले बताउँदै आएका छन् । ‘डाँडावारि कमरेड, डाँडापारि कमरेड, मगर कमरेड, मधेसी कमरेड जसलाई पनि बाँच्नका लागि आर्थिक हैसियत र सामथ्र्य चाहिन्छ,’ ओलीले पार्टी बैठकमा भनेका थिए, ‘भोक लागेका बेला पहिचान खाएर हुँदैन, जाडो भएका वेला पहिचान लाएर हुँदैन, आर्थिक समृद्धि भयो भने त जसको पनि सम्मानित पहिचान बनिहाल्छ ।’

ठगीका अनेक बहाना

0 comments
काठमाडौं, वैशाख २४ - दुर्गा परियार पूर्वसस्कृति मन्त्री खगेन्द्र प्रसाईंका सवारीचालक थिए । लमजुङको बेंसीसहर ३ का उनले भक्तपुर सिपाडोल-८ 'क' २८९ कित्ता नम्बरको १७ आनामध्येबाट चार आना जग्गा किन्न प्रसाईंलाई गुहारे । प्रसाईंको निर्देशनमा श्यामकाजी स्याङतानले २०६८ पुसमा पास गराइदिने गरी आफ्नै नाममा धनीपुर्जा देखाएर ५ लाख ५० हजार रुपैयाँ बैना लिए । तोकिएको मितिमा पास गर्न आलटाल गरेपछि मालपोत कार्यालय भक्तपुरमा बुझ्दा पत्ता लाग्यो, उक्त कित्ता नम्बरको जग्गा मालपोत रेकर्डमा थिएन । पूर्वमन्त्री प्रसाइर्ंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
पूर्वसस्कृति मन्त्री खगेन्द्र प्रसाईं

मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रु टीकाराम थापामगर घाइते भएको भन्दै धनी रूपेश दाहालले लाजिम्पाटको एनएलसी इन्स्योरेन्स कम्पनीमा २०६८ असोज १२ गते उपचार खर्च दाबी गरे । दाबी रकम लिन आवश्यक कागजात पनि पेस गरे । घाइते भनिएको थापाको बी एण्ड बी अस्पतालमा उपचार गराएको ९२ हजार ५ सय २३ रुपैयाँ बिल र महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी कुवेर कठायतले प्रमाणित गरेको पत्रसमेत पेस थियो । प्रक्रिया पुगेपछि उनले बिमा दाबी रकम लिए । दाहालले यस्तै प्रकृतिका अन्य घटना पेस गरेपछि अनुसन्धान गर्दा ठगी गरेको पत्ता लाग्यो । एनएलसीले उनीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
१५ हजार डलरको दुई लाख पचास हजार रुपैयाँ पाउने प्रलोभनमा सिन्धुपाल्चोक ज्यामिरे-३ की राधा कार्कीले साढे दुई वर्ष कुवेतमा कमाएको रकम खर्चिन् । एकान्तमा गएर डलर भन्दै लिएको रकम खोलेर हेर्दा कागजको टुक्रामात्रै भेटेपछि आफू ठगिएको पत्ता पाइन् । गाँठै गाँठो बनाएर राखिएको पोकोमा माथि र तल डलर भए पनि बीचमा बसको टिकट थियो ।
वनस्थलकी विन्दावती मल्ललाई रणबहादुर भण्डारीसहितका चार दलालले भक्तपुरको सिपाडोल २ वाग्मती क्लबसँगैको चार आना जग्गा देखाए । बेच्ने बेला भने सिपाडोल-४ 'क' नैचाल गाउँको १०२९ नम्बर कित्ताको जग्गा भिडाए । चार लाख रुपैयाँ रोपनीको जग्गालाई आनाको चार लाखमा बेचे । गाविसको सिफारिस, नक्सा, ट्रेस सबै नक्कली बनाएर गाउँको जग्गा बिक्री गरेर ठगेको पछि मात्रै पुष्टि भयो । 
उपत्यकामा हुने यस्ता ठगीका घटना केही प्रतिनिधि उदाहरण हुन् । जग्गा, बैंकिङ कारोबार र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेको संख्या बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०६८ मा यस्ता घटना मुलुकभरमा २ सय ६२ वटा भएको छ । उपत्यका मात्रै एक सय ६० वटा यस्ता घटना भएका छन् । पूर्वक्षेत्रमा ४२, मध्यमा २०, पश्चिममा ३२, मध्यपश्चिममा ६, सुदूरपश्चिममा एक घटना भएका छन् । उपत्यकामा पनि भक्तपुर र ललितपुरको तुलनामा बढी छ । काठमाडौंमा मात्रै १ सय ९ वटा घटना भएको प्रहरीले जनाएको छ ।
अर्काको जग्गाको नक्कली लालपुर्जा बनाएर बिक्री गरेको, एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा पास गराएको र जग्गा खरिद गर्दा दिएको भौचर बाउन्स भएको लगायतका उजुरी प्रहरीमा पर्ने गरेका छन् । यस्ता घटनाको उजुरी दैनिकजसो पर्ने गरेको काठमाडौं प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीमा आजभोलि जग्गामा ठगीको घटना धेरै भएको काठमाडौं परिसरका प्रहरी नायब उपरीक्षक अरुण बिसीले बताए ।
जग्गाको ठगीबाहेक विदेश पठाइदिने भन्दै रकम लिएर नपठाउने, धातुमा जलप लगाएर सुन भन्दै बिक्री गर्ने घटना पनि भएका छन् । इन्स्योरेन्स कम्पनीमा हुँदै नभएको घटनामा सबै नक्कली कागज पत्र बनाएर गर्ने ठगी पनि बढेको छ । 'मोटरसाइकलले गर्ने बदमासी बाहिर आए पनि ठूला सवारीले गर्ने किर्ते भने बाहिर आउन सकेको छैन,' इन्स्योरेनस कम्पनीका एक अधिकारीको भनाइ छ । सवारी साधन कवाडीमा बिक्री गरेर हरायो भन्ने, कुनै समूहले आगजानी गरेको सवारीमा अर्को सवारीको नम्बर प्लेट राखेर नक्कली कागज पत्र पेस गर्ने र बिमा दाबी गर्ने इन्स्योरेन्सको भनाइ छ । काठमाडौं प्रहरीमा आठवटा मोटरसाइकल धनीले नक्कली कागजपत्र तयार गरी दुर्घटना बिमा माग गरेको इन्स्योरेन्स कम्पनीले उजुरी दिएको छ । पछिल्लो पटक ढुकुटी खेल्दा ठगिएको उजुरी प्रहरीमा पर्ने गरेको छ । फाइनान्स भाग्ने, सस्तोमा चालम दिने भन्दै रकम संकलन गरेर फरार हुने लगायतका घटना पनि बढेका छन् । प्रलोभनमा पारेर ठगी गर्दा सहजै आर्थिक आम्दानी हुने गरेका कारण ठग्नेहरू बढेको डीएसपी बिसीले बताए । 
प्रकाशित मिति: २०६९ वैशाख २४ १२:५२

 
Minima 4 coloum Blogger Template by Beloon-Online. Distributed by Blogger Templates
Simplicity Edited by Ipiet's Template